पश्चिम नवलपरासीमा चैत्र १२ गते अत्यावश्यक बाहेकका सबै सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते १५:०६
पश्चिम नवलपरासीमा चैत्र १२ गते अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कावासोती : जिल्ला प्रशाशन कार्यालय पश्चिम नवलपरासीले चैत्र १२ गते जिल्लाभर सर्वसाधारणलाइ बाहिर ननिस्कन आव्हान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैंठकको निर्णय अनुसार जिल्लावासीहरुलाई उक्त दिन बाहिर ननिस्कन आव्हान गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले जानकारी दिनुभयो ।


दाहालका अनुसार चैत्र १२ गते बिहान ५ बजे देखि राती ९ बजे सम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ । सो अबधीमा सबै व्यवसाय बन्द गर्न र सबै सवारी साधन नचलाउन समेत सोमबार जारी गरिएको सुचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो,“हामीले कफर््यु भनेका छैनौं , लकडाउन पनि भनेका छैनौं , मात्र सर्वसाधारणलाइ घर बाहिर ननिस्कन भनेका हौं ।” त्यस दिन तोकिएका बाहेक अरु सवारी पनि नचलाउन उहाँले आग्रह गर्नुभयो ।


जिल्ला प्रशाशन कार्यालयले सबै सुरक्षा निकाय , सरकारी कार्यालय , स्वास्थ्य सस्था , दमकल , एम्वुलेन्स , मानवअधिकाकर्मी, संचारकर्मी र अन्तराष्ट्रीय संघसस्थाले प्रयोग गर्ने सवारीमा भने चलाउन पाइने जनाएको छ । यस्तै अस्पताल र औषधी पसल बाहेक सबै पसल , उद्योगधन्दा , कलकारखाना समेत बन्द गर्न भनिएको छ ।


नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले प्रशासनले कफर््यु नभनेपनि यो अघोषित कफर््युनै भएको बताउनुभयो । उहाँले भन्नुभयो,“यो सर्वसाधारणकै लागि हो , सबैले सहयोग गर्न आबश्यक छ ।” शर्माले सबै जिल्लाबासीलाई सर्तक रहन आग्रह गर्नुभयो ।
कोरोना भाईरसको रोकथाम र न्युनीरणका लागि यो कदम चालिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

प्रकाशित : २०७६ चैत १० गते १५:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI