No ads found for this position

गण्डकी प्रदेशमा अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक, सबै नाका बन्द हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते १५:३३
No ads found for this position
गण्डकी प्रदेशमा अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक, सबै नाका बन्द हुने
No ads found for this position

गण्डकी प्रदेशले अत्यावश्यक बाहेकका सवारी साधन संचालनमा मंगलबारदेखि रोक लगाउने भएको छ।कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न गठित उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।बैठकले गण्डकी प्रदेश जोडिने नाकाहरु नवलपुरको त्रिवेणी, तनहुँको आँबुखैरेनी, स्याङ्जाको राम्दी र बाग्लुङको बुर्तिबाङ नाका बन्द गर्ने निर्णय गरेको हो।जसमध्ये नवलपुरको त्रिवेणी नाका भारतसँग जोडिएको छ। उक्त नाकाहरुबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।बैठकले प्रदेशभित्र रहेका अत्यावश्यक बाहेकका पसल एवं व्यवसाय समेत बन्द गर्न आह्वान गरेको छ।

तरकारी तथा फलफूल, खाद्यान्न, दुग्ध, ग्यास, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सेवाका पसल भने नियमित संचालन हुनेछन्।प्रदेशमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पताल ६० बेडको कोरोना विशेष उपचार अस्पताल बनाउने भएको छ। यस्तै, पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रमा ६० जना बस्न मिल्ने गरी क्वारेनटाइन बनाउने निर्णय गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

उनका अनुसार, यो अस्पताल र क्वारेनटाइन अपुग भएमा पोखराकै मातृशिशु अस्पताल र क्वारेनटाइनका लागि पोखरा रंगशालाको कभर्ड हल प्रयोग हुनेछ।निर्देशक समितिका संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णयहरु तदारुकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए।बैठकमा मुख्यमन्त्री गुरुङले नाकाहरुमा कडाईका साथ अनुगमन गर्न र नेपाल सरकार तथा प्रदेश सरकारका निर्णयहरु कडाईका साथ लागू गर्न आग्रह गरेका थिए।

प्रकाशित : २०७६ चैत १० गते १५:३३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI