कावासोती ३ मा क्वारेण्टाईन होम राख्न दिन स्थानीय सहमत

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते १९:२५
कावासोती ३ मा क्वारेण्टाईन होम राख्न दिन स्थानीय सहमत

कावासोती : जिल्ला प्रशाशन कार्यालय नवलपुर र कावासोती नगरपालिकाले कावासोती ३ मा रहेको कुमारी निजी शैक्षिक गुठीको भवनमा राख्ने भनिएको क्यारेण्टाईन भवन राख्न दिन स्थानीय सहमत भएका छन् । सोमबार दिउँसो कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठको रोहबरमा भएको छलफल पछि स्थानीयहरु सो स्थानमा क्वारेण्टाईन होम राख्न दिन सहमत भएका हुन् ।


यस अघि आईतबार उनिहरुल सो स्थानमा क्वारेण्टाईन राख्दा त्यसले स्तानीयहरुको स्वास्थयमा गम्भिर खेलवाड हुने भन्दै भवनको मुल गेटमा तालावन्दी गरेका थिए । आज भएको सहमती पछि भवनको ताला खोलिउको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सोमबार भएको सहमतीमा स्थानीयहरुको स्वास्थ्यलाई उच्च प्राथमितामा राख्ने , क्वारेण्टाई होम वरपर सरसफाई गर्ने लगायतका कुराहरु उललेख छन् । “अहिले स.कटको बेला छ , स्थानीयहरुको स्वास्थ्यलाई समेत उच्च प्राथमिकतामा राखेर क्वारेण्टाईन राख्न सबै सहमत हुनुभएको छ । ” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो । यस अघि वडा कार्यालय लगायत वडावासी संग कुनै समन्वय नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । सोमबारको सहमती पछि सो स्थानमा २० शैयाको क्यारेण्टाईन भवन बन्नेछ । सो कार्यका लागि उद्योग वाणिज्य संघ नवलपुर र मध्यविन्दु जिल्ला अस्पतालले समेत संयोजन गरेका छन् ।


सोमबार भएको सम्झौता पत्रमा कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनीया र कावासोती वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सो अबसरमा मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा गोपाल खनाल , उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोख्रेल , कुमारवर्ती बहुमुखी क्याम्पसका अध्यक्ष महेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ चैत १० गते १९:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI