लकडाउनकै अवधिमा स्वास्थ्य समस्या आए कहाँ सम्पर्क गर्ने?
NAWALPUR TIMES प्रकाशित : २०७६ चैत ११ गते ११:०६
No ads found for this position
No ads found for this position
काठमाडौं– मंगलबारदेखि सुरु भएको लकडाउनको अवधि चैत १८ सम्म जारी रहनेछ। यो अवधिमा सवैलाई घरबाट बाहिर निस्कन रोकिएको छ। घरमै बसिरहेको अवस्थामा व्यक्तिलाई ज्वरोको लक्षण वा अन्य स्वास्थ्य समस्या देखिए के गर्ने? आवश्यक परामर्शका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराइएको छ। सरकार तथा चिकित्सकहरुले सर्वसाधारणको सुविधाको लागि सम्पर्क नम्बर उपलब्ध गराएका हुन्।
भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा, वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि केहि नम्बर उपलब्ध गराइएको छ। घरबाट ननिस्किन आग्रह गर्दै स्वास्थ्य समस्या देखिएमा निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
उपलब्ध गराएका नम्बरमा चिकित्सक मार्फत आवश्यक सल्लाह समेत लिन सकिनेछ।
आवश्यक सल्लाहका लागि नम्बरहरुः १११५, ४२५३३९६ ९८५१२५५८३९ ९८५१२५५८३७ ९८५१२५५८३४
यसैगरी नेपाल चिकित्सक संघले पनि आमजनको स्वास्थ्यलाई मध्यनजर गरी केही चिकित्सकहरुलाई फोनमा सल्लाह दिन खटाएको छ। संघका पदाधिकारीहरु फोनमा उपलब्ध हुनेछन्।
व्यक्तिगत रुपमा पनि विभिन्न चिकित्सकहरुले आफूसँग सल्लाह लिन आग्रह गरिरहेका छन्। कोरोनाका सम्भावित लक्षण देखिए नजिकको अस्पताल वा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्नुहोला।
Facebook Comment