बुटवलमा लकडाउन अवज्ञा गर्ने २ सय बढी नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ११ गते १५:०९

प्रहरीले बुटवलबाट सरकारले जारी गरेको लकडाउनको सुचना अवज्ञा गरि सडकमा सवारी चलाउने करिब २ सय सवारी साधनलाई नियन्त्रणमा लिएको छ । त्यसमध्ये २ जना मापसे गर्ने समेत छन् ।


प्रहरीले उनीहरुलाई बुटवलको बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । नियन्त्रण लिएका सवारी साधन र व्यक्तिहरुलाई बुटवलको टफिक प्रहरी कार्यालय, प्रदेश नं. ५, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, रामनगर लगायतका ठाउँमा राखिएको प्रहरीले जनाएको छ । कतिपय सवारी साधनको चापी मात्र लिई प्रहरीले नियन्त्रणमा राखेको जनाएकोे छ । 

प्रदेश ५ को टफिक प्रहरी कार्यालयका प्रमुख मधुसुधन लुइटेलले सडकमा अनावश्यक रुपमा गुडिरहेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । उनका अनुसार त्यसरी नियन्त्रणमा ल्याइएका सवारी साधनमा मोटरसाइकल, स्कुटी र कार छन् । उनीहरुलाई साँझ मात्रै काजग बनाएर छाडिने जानकारी दिए । उनले त्यसरी नियन्त्रणमा पर्ने २ सय बढी भएको बताए । 

मादक पदार्थ सेवन गरेर मोटरसाईकलमा हो हल्ला गर्दै जथाभावी हिडी प्रहरीको नियन्त्रणमा पर्नेमा बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित : २०७६ चैत ११ गते १५:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI