क्रिश्चियन धर्मालम्बीलाई कोरोना भाइरस नलाग्ने भन्दै अफवाह फैलाउने पाश्चर पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ११ गते १५:२८

मान्छेहरु भेला गराएर क्रिश्चियन धर्मालम्बीहरुलाई कोरोना भाइरसको संक्रमण नहुने भनी अफवाह फैलाउने पाश्चलाई कास्की प्रहरीले पक्राउ गरेका छन् । उनीविरुद्ध अफवाह फैलाएको अभियोगमा मुद्दा दायर हुने भएको छ ।

जुम्ला घर भई पोखराको पावर हाउस बस्ने क्रिश्चियन धर्मगुरु केशवराज आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको डिएसपी राजकुमार केसीले जानकारी दिए । उनले अफवाहको भिडियो तयार गरेका थिए । भिडियो भाइरल भएको थियो । पोखरा तालचोकमा मानिसहरु भेला पारेर प्रभु यशुका अनुयायीलाई कोरोनाले छुन नसक्ने दाबी गरेका थिए । उनले यशुको कृपा चीनमा भएको र आफूहरु जस्ता विश्वासीलाई छुन नसक्ने भनेका थिए ।

विगतमा पनि आचार्यमाथि गैरकानुनी रुपमा धर्मप्रचार गरेको उजुरीहरु परेको बुझिएको छ । पछिल्लो समय कोरोना भाइरसबारे अफवाह फैलाउनेमाथि सरकारले कडा नीति लिदै आएको छ । यसअघि एक युवक कोरोना भाइरसबारे दुष्प्रचार गरेको अभियोगमा पक्राउ परेका थिए ।

प्रकाशित : २०७६ चैत ११ गते १५:२८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI