No ads found for this position

लकडाउन अझै ७ दिन थप्ने सरकारको तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ११ गते १६:१०
No ads found for this position
No ads found for this position

सरकारले यो लकडाउन अझै ७ दिन थप्नेगरि तयारी थालेको छ । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ ।

स्वास्थ्य विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले आवश्यक परे सरकारले लकडाउन ७ दिनबाट बढाएर १४ दिनसम्म पुर्याउन सक्नेपनि सुनाए ।

त्यस्तै, नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित एकजना विरामीको सम्पर्कमा रहेका २५ जनालाई सरकारले अनिवार्य क्वारेन्टाईनमा राखेको छ । ती युवतीको भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसोेशनमा राखेर उपचार भैरहेको छ । उनी आएका विमान र विमानस्थलदेखि घरसम्म उनको सम्पर्कमा रहेकाको खोजी गर्दा २५ जना व्यक्ति उनको सम्पर्कमा रहेको पाईएकोले उनीहरुलाई क्वारेन्टाईनमा राखिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी दिए ।

उनले भने,”अहिले कोरोना संक्रमित भएर उपचार गराईरहनुभएको एक जना युवतीले, उहाँले भेटेको र कुरा गरेको र जहाजबाट घर पुग्दासम्मको अवस्था हेरेर हामीले खोजी गरेका थियौं, २५ जनासँग उहाँको प्रत्यक्ष भेटवार्ता तथा कुरा भएको पाईयो । अहिले सबैलाई सरकारले क्वारेन्टाईनमा राखेको छ ।” नेपालमा कोरोना संक्रमित एक जना व्यक्ति भएको र त्यो पनि आयतित भएको उनको भनाई छ ।

उनले चितवनमा आईलोसेनमा उपचार गराईरहेका एक जना विरामीको निधनको बारेमा अहिले नै कोरोनाको रिपोर्ट नआएको स्पष्ट पारे । उनकाअनुसार ती निधन भएका व्यक्ति मिर्गौला फेल भएका विरामी थिए । उनको कोरोनाको रिपोर्ट भने भोलि मात्रै आउनेपनि उनले जनाए । उनले भने,”शब काठमाडौं ल्याएर पोष्टमार्टम हुँदैछ ।”

प्रकाशित : २०७६ चैत ११ गते १६:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI