सुनवल नगरपालिकामा सय शैयाको क्वारेन्टाइन निर्माण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ११ गते २१:०३
सुनवल नगरपालिकामा सय शैयाको क्वारेन्टाइन निर्माण

परासी, ११ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले १०० बेडको क्वारेन्टाईन निर्माण गरिएकाे छ । कोरोना भाईरस संक्रमणको आशंका गरिएको घरपरिवारलाई क्वारेन्टाईनमा राख्नका लागि नगरपालिकाको वडा ११ जर्गाहा स्थित एक चौरमा १०० बेडको सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण गरिएकाे जनाएको हो । उक्त क्वारेन्टाईनमा कोरोना आशंका गरिएको घर परिवार, सम्पर्कमा रहेका व्यक्तिहरु र संक्रमित देशबाट आएका व्यक्तिहरुलाई राखिने छ । क्वारेन्टाईनमा कोरोनाको संक्रमित देखिएमा उपचारका लागि प्रादेशिक तथा टेकु अस्पताल पठाईने छ । उक्त क्वारेन्टाईन भोली बुधबारदेखि संचालनमा आउने छ ।

सुनवल नगरपालिकाको आर्थिक सहयोग तथा प्रहरी युक्ति तालिम माहाविद्यालय जर्गहाको प्राविधिक सहयोगमा आज विहानदेखि उक्त क्वारेन्टाईनकाे वार्डहरू निर्माण भैसकेकाे र बस्नेहरुको लागि बेड विद्युत, खानेपानी, शौचालय सहित सुविधाहरुको व्यवस्थापन भैरहेको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले जानकारी दिनु भयो ।
विश्वभरि माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पुर्वतयारीका लागि निर्माण भैरहेको उक्त क्वारेन्टाईनका लागि नेपाल प्रहरीको हेडक्वाटरबाट टेन्ट उपलब्ध भएको छ भने नगरपालिकाले बेड, स्वास्थ्यकर्मीलाई पिपिई र स्वास्थ्य परिक्षण सामाग्री उपलब्ध गराउने जनाएको छ । उक्त क्वारेन्टाईनमा बसेकाहरुको हेरचाहका लागि नगरपालिकाले विभिन्न स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई खटाउने जनाएको छ ।

पुर्व तयारीका लागि जिल्लाका ७ वटै स्थानिय तहले आ–आफनो नगरक्षेत्रभित्र क्वारेन्टाईन बनाउने जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार सो क्वारेन्टाईन निर्माण गरिदैछ । जिल्लाको विभिन्न स्थानिय तहले अझैपनि क्वारेन्टाईन निर्माण गरेका छैन ।
त्यस्तैगरि आजदेखि देशनै लकडाउनको प्रभाव नवलपरासीमा देखिएको छ । सर्वसाधारणहरु अत्यावश्यक बाहेक बाहिर निस्किेका छैनन् । आज पहिलो दिन भएकाले केहि व्यक्तिहरु थाहा नपाएर पनि बाहिर हिलडुल गरेको भएपनि भोलीदेखि थप प्रभावकारी बनाईने प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले जानकरी दिए ।

प्रकाशित : २०७६ चैत ११ गते २१:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI