कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ६ सय ११

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १२ गते ७:०३
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ६ सय ११

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ६ सय ११ पुगेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित पछिल्लो तथ्यांक अनुसार,  ४ लाख १७ हजार ५ सय ८२ लाई कोरोना संक्रमण भइसकेको छ। १ लाख ७ हजार २ सय ४७ लाई भने उपचारपछि निको भइसकेको छ।

कोरोनाबाट सबैभन्दा आक्रान्त इटालीमा ६ हजार ८ सय २० को मृत्यु भइसकेको छ। त्यहाँ ६९ हजार १ सय ७६ जनालाई कोरोना संक्रमण भइसकेको छ। इटालीका ८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन्।

प्रकाशित : २०७६ चैत १२ गते ७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI