No ads found for this position

नेपाल टेलिकमले आज रातिदेखि रिचार्ज बराबरकै बोनस उपलब्ध गराउनेे

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १२ गते १५:०१
No ads found for this position
नेपाल टेलिकमले आज रातिदेखि रिचार्ज बराबरकै बोनस उपलब्ध गराउनेे
No ads found for this position

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातीबाट उपलब्ध गराउन सुरु गर्ने भएकाे छ । यस अघि बुधबार दिउँसाेबाट सुरू गर्ने भनिए पनि प्राविधक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएकाे छ । यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन ।

मङ्गलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो । कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।

प्रकाशित : २०७६ चैत १२ गते १५:०१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI