कावासोतीमा २० शैयाको आईसोलेसन वार्ड तयार

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १२ गते १८:२८

नवलपरासी — पूर्वी नवलपरासीको कावासोतीमा २० आइसोलेसन शय्याको तयार भएको छ । यसअघि अनमी र सीएमए पढाइ हुने निजी शैक्षिक गुठीको भवनमा २० शय्याको आइसोलेसन वार्ड तयार गरिएको हो ।

कावासोती नगरपालिका वडा नम्बर ३ को गुम्बाचोकमा रहेको गुठीको भवनमा नगरपालिकालेआइसोलेसनबनाएको हो ।
जिल्ला प्रशासनको समन्वयमा आइसोलेसन वार्ड तयार गरिएको हो ।वैदेशिक रोजगारीवाट फर्किएका वा गाउँकै कसैलाई कोरोना संक्रमण वा त्यस्तै लक्षण देखिएमा त्यहाँ राख्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : २०७६ चैत १२ गते १८:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI