No ads found for this position

मध्यविन्दु नगरपालिकामा ११६ शैयाको क्वारेन्टाइनको निर्माण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १२ गते २१:००
No ads found for this position
मध्यविन्दु नगरपालिकामा ११६ शैयाको क्वारेन्टाइनको निर्माण
No ads found for this position

चोरमारा । पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका १६ स्थानमा ११६ शैयाको क्वारेन्टाइन होमको व्यवस्थापन गरेको छ । नगरपालिकामा आज सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर भित्रका विभिन्न विद्यालय र सार्वजनिक भवनमा क्वारेन्टाइन होम सन्चालन गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख चन्द्रबहादुर रानाको अध्यक्षतामा सम्पन्न बैठकले नगरपालिकामा रहेको नवज्योति आधारभुत विद्यालय पतवारीमा ५ शैया, कुमारवर्ती मा.वी. कोल्हुवामा ६ शैया, जनता शिद्द मा.बी. लुसलहरीमा ४ शैया, विन्देश्वरी आधारभुत विद्यालय बाघखोरमा ६ शैया, दुर्गा आधारभूत विद्यालय टाडिमा ४ शैया, जनता मा.बी. हर्दियामा ६ शैया, लक्ष्मी आदर्श मा.बी.अम्रसामा ६ शैया, नवजागरण बहुमुखी क्याम्पसमा १० शैया, लोहासेधारा आधारभूत विद्यालयमा ६ शैया, ज्ञानज्योती मा. बि. मा ६ शैया, लोकसेवा मा.वी.बसन्तपुरमा ८ शैया, वडा कार्यालयको सभाहल अरुणखोलामा ७ शैया, अरुणखोला बहुमुखी क्याम्पसमा १० शैया , यादव मावी तमासपुरमा ८ शैया, खोप केन्द्र भवन कोटथरमा २ शैया, खोपकेन्द्र मगरसिङामा २ शैया र ज्ञानोदय मावी हर्वासाटारमा १० शैयाको क्वारेन्टाइन होम व्यवस्थापन गर्ने निर्णय गरेको नगरप्रमुख चन्द्रबहादुर रानाले बताए । यसै गरि यसैै अघिनै प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा ५ शैयाको आईसोलेसन वार्डको स्थापना गरिएको गरेको नगरप्रमुख रानाको भनाई छ । यसै गरि आजको बैठकले नगरपालिका भित्रका ७ वटा एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राख्ने तथा नगरबासिलाई आवस्यकता परेको अवस्थामा चिकित्सकहरुलाई सम्पर्क गर्नका लागि चिकित्सकहरुको सम्पर्क नम्बरको पनि ब्यवस्था गरेको छ ।

प्रकाशित : २०७६ चैत १२ गते २१:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI