कोरोना भाइरसः दक्षिण एशियामा पाकिस्तान अगाडि, भारत दोस्रो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १३ गते १४:१५
कोरोना भाइरसः दक्षिण एशियामा पाकिस्तान अगाडि, भारत दोस्रो

एजेन्सी, १३ चैत्र । दक्षिण एशियामा कोरोना भाइरसको संक्रमितको संख्या बढिरहेको छ । सबैभन्दा बढी पाकिस्तानमा संक्रमितको संख्या रहेको छ । पाकिस्तानमा पछिल्लो तथ्यांक अनुसार ११०२ जनालाई संक्रमण भइसकेको छ । त्यहाँ आठ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर ६७८ पुगेको छ । बिहिबारको नयाँ तथ्यांक अनुसार एकै दिनमा एकसय भन्दा बढी संक्रमित थपिएका हुन् । भारतमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढेपछि २१ दिन लकडाउन गरिएको छ ।

श्रीलंकामा १०२ जना संक्रमित भइसकेका छन् । अफगानिस्तानमा ८४, बँगलादेशमा ३९, मालदिभ्समा १३, नेपालमा ३ र भुटानमा २ जना संक्रमित भएका छन् ।

प्रकाशित : २०७६ चैत १३ गते १४:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI