No ads found for this position

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर : एमनेस्टी इन्टरनेसनल

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १३ गते १४:४५
No ads found for this position
स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर : एमनेस्टी इन्टरनेसनल
No ads found for this position

१३ चैत, काठमाडौं । अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । कोरोना संक्रमित विरामीसँग पहिलो पटक स्वास्थ्यकर्मीले नै भेट गर्नुपर्ने भएकाले उनीहरुलाई आवश्यक सुरक्षात्मक उपकरण दिनुपर्ने एमनेस्टीले बताएको छ ।
‘उनीहरु र उनीहरूको परिवारलाई उचित प्रशिक्षण र मनोवैज्ञानिक सहयोग दिएर स्वास्थ्यकर्मीहरु सुरक्षित रहेको सुनिश्चित गर्नु राज्यको दायित्व हो’ एमनेस्टीले भनेको छ ।
अफगानिस्तान, बंगलादेश, भारत, नेपाल र पाकिस्तानका स्वास्थ्यकर्मीले आफूहरुका लागि सुरक्षा प्रदान गर्ने उपकरणको अभाव भएको भन्दै चिन्ता व्यक्त गरिरहेको एमनेस्टीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

अनौपचारिक क्षेत्रको श्रमिकलाई राहत देऊ

एमनेस्टी इन्टरनेसनलले दैनिक रुपमा कमाएर खाने वर्गका लागि प्याकेज ल्याउन सुझाव दिएको छ । ‘भोकमरी र संक्रमणमध्ये एउटा छनौट गर्न कसैलाई बाध्य तुल्याउनु हुँदैन’ विज्ञप्तीमा भनिएको छ । भारत, श्रीलंका र पाकिस्तानले श्रमिकका लागि आर्थिक प्रोत्साहन प्याकेज घोषणा गरे पनि ती उद्योग लक्षित भएको भन्दै एमनेस्टीले अनौपचारिक क्षेत्रमा काम गरिरहेकाहरुलाई लक्षित गरी प्याकेज ल्याउन आग्रह गरेको छ । सडक विक्रेता, सरसफाइ कामदार, चालक, निर्माणकर्मी, सफा गर्ने, चिया रोप्ने कामदार, भरिया, कुक र घरेलु कामदारहरु लकडाउन लागू हुने बित्तिकै समस्यामा परेको एमनेस्टीको भनाइ छ । यस्तै, शरणार्थी र आन्तरिक रुपमा विस्थापित मानिसहरुको पनि ख्याल गर्न एमनेस्टीले ध्यानाकर्षण गरेको छ । एमनेस्टीले कोरोना भइरसबारे सही सूचना समयमै दिन पनि आग्रह गरेको छ । सही सूचनाको अभावमा निरक्षर र ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरू प्रभावित हुन सक्ने एमनेस्टीको भनाइ छ ।

प्रकाशित : २०७६ चैत १३ गते १४:४५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI