डायमण्ड युथ सोसाइटी द्वारा २५०० मास्क वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १३ गते २१:२१
डायमण्ड युथ सोसाइटी द्वारा २५०० मास्क वितरण

राजु चापागाईं/कावासोती
डायमण्ड युथ सोसाइटी कावासोती-१२ ले वडा बासीहरुलाई २५०० मास्क वितरण गरेको छ । कोरोना भाईरसको विश्वव्यापी प्रकोप बढे सँगै बजारमा मास्क अभाव भएपछि सर्वसाधारण लाई मास्क वितरण गरिएको डायमण्ड युथ सोसाइटीका अध्यक्ष महेश खनाले बताए ।

बुधबार र बिहीबार गरि वडाका २५०० वडा बासीलाई मास्क वितरण सँगसँगै कोरोना भाईरस ( कोभिड १९) का विषयमा सर्वसाधारणलाई सचेतना कार्यक्रम समेत सन्चालन गरिएको संस्थाका सदस्य दिनेस दराईले बताए ।

मास्क वितरण कार्यक्रम कावसोती नगरपालिकाका उप प्रमुख प्रेम शंकर मर्दनिया , वडा नं १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्ले लगायत स्थानीय जनसमुदाय को उपस्थितीमा सम्पन्न गरिएको थियो ।

      
प्रकाशित : २०७६ चैत १३ गते २१:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI