No ads found for this position

लुक्लामा अलपत्र परेका १४ फ्रान्सेली नागरिकको उद्धार

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १४ गते ७:३०
No ads found for this position
लुक्लामा अलपत्र परेका १४ फ्रान्सेली नागरिकको उद्धार
No ads found for this position

लुक्लामा अलपत्र परेका १४ जना फ्रान्सेली नागरिकलाई बिहिबार उद्धार गरिएको छ ।

सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत १८ गतेसम्मका लागि एक साताको ‘लकडाउन’ गरेपछि फ्रान्सेली नागरिक लुक्लामा अलपत्र परेका थिए।

यति एयरलाइन्सका प्रवक्ता विपना श्रेष्ठका अनुसार, यति एयरलाइन्सको भगिनी संस्था तारा एयरको १८ सीट क्षमताको ट्वीनओटर विमानले बिहीबार दिउँसो पर्यटकको उद्धार गरेको हो।

काठमाडौंस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्धारका लागि नीजि वायुसेवा कम्पनीलाई मन्त्रालयले आग्रह गरेको जनाइएको छ।

प्रकाशित : २०७६ चैत १४ गते ७:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI