लकडाउनमा फसेका बिदेशी यात्रु लिन कतार एअरको विमान आज काठमाडौँ आउँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १४ गते ११:२२
लकडाउनमा फसेका बिदेशी यात्रु लिन कतार एअरको विमान आज काठमाडौँ आउँदै

लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिनका लागि आज बिहान सवा १० बजे कतार एअरवेजको विमान काठमाडौं आउने भएको छ।

जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् । सो विमानमा युरोपका अन्य नागरिकलाई पनि लैजान लागिएको नागरिक उड्डयन स्रोतले रातोपाटीलाई बताएको छ । 

दुई दूतावासको पहलमा युरोपियन यूनियनले चार्टड गरेको विमान शुक्रबार हिन १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइने छैन । यताबाट यहाँ फसेका यात्रुहरुलाई बोकेर विमान कतारको दोहा पुग्नेछ ।

सवा १० बजे काठमाडौँ आइपुग्ने विमान यताबाट ११ः३० मा दोहातर्फ उडान भर्नेछ ।

नेपालका विभिन्न भूभागमा फसेका यात्रुलाई उद्धार गर्नका लागि बुधबार इअर डाइनेष्टीको विमान पनि विभिन्न स्थानमा उडेको थियो । त्यसैगरी शुक्रबार बिहानमात्रै तारा एअरको विमान पनि लुक्लामा रहेका विदेशी यात्रुहरुलाई लिन उडेको थियो ।

लुक्लाबाट लिएर आएका यात्रु पनि कतार एअरको उक्त विमानमै उड्ने बताइएको छ । कतारबाट पुनः अर्को चार्टड फ्लाइट गरेर, जर्मन, फ्रान्स लगायतका देशमा ती यात्रुहरुलाई पुराइनेछ ।

प्रकाशित : २०७६ चैत १४ गते ११:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI