No ads found for this position

अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, विश्वभर एकै दिन ३ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते ७:४९
No ads found for this position
अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, विश्वभर एकै दिन ३ हजारको मृत्यु
No ads found for this position

विश्व्यापी महामारी कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनबाट शुक्रबार दिन ६२ हजार बढी संक्रमित भेटिएका छन्। 

सबैभन्दा बढी अमेरिकामा हिजो झण्डै १७ हजार नयाँ संक्रमित भेटिए। योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख २ हजार पुगेको छ। यो विश्वको सबैभन्दा धेरै संख्या हो। अमेरिकामा हालसम्म ६ लाख ८५ हजार मानिसमा कोरोना परीक्षण गरिएको उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।
इटलीमा अहिलेसम्म ८६ हजार ४ सय संक्रमित भेटिएका छन्। चीनमा ८१ हजार ३ सय ४० संक्रमित भेटिएकामा झण्डै ७५ हजार निको भइसकेका छन्। ३ हजार २ सय ९२ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी इटलीमा ९ हजार १ सय मानिसको मृत्यु भएको छ। इटलीमा कोरोना संक्रमित १ सय २ वर्षीया महिला उपचारपछि निको भएकी छन्। उत्तरी जेनोआ सहरकी ती महिला २० दिन अस्पतालमा बसेर उपचार गराएपछि निको भएकी हुन्। उनले हिजो १ सय २ वर्षको जन्मदिन मनाएकी छन्। स्पेनमा ५ हजार १ सय बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या सबैभन्दा धेरै रहेको अमेरिकामा मृत्यु हुनेको संख्या झण्डै १ हजार ६ सय पुगेको छ। 
फ्रान्समा ३२ हजार संक्रमित भेटिँदा १ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ। बेलायतमा मृत्यु हुनेको संख्या साढे ७ सय पुगेको छ। हिजो एकै दिन सबैभन्दा धेरै इटलीमा ९ सय १९ जनाको मृत्यु भएको छ भने स्पेनमा ७ सय ७३ जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर हिजो ३ हजार भन्दा बढीको मृत्यु भएको छ।

प्रकाशित : २०७६ चैत १५ गते ७:४९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI