स्वास्थ्य सामग्री लिन चीनको ग्वाङ्झाउ उड्यो नेपाल एयरलाइन्सको जहाज

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते १५:०७
स्वास्थ्य सामग्री लिन चीनको ग्वाङ्झाउ उड्यो  नेपाल एयरलाइन्सको जहाज

कोरोना परीक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ। ए ३३० वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ।

यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ। जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जना रहेका छन्।

प्रकाशित : २०७६ चैत १५ गते १५:०७
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI