No ads found for this position

कोभिड १९ संक्रमण र हातको सफाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते १५:५६
No ads found for this position
कोभिड १९ संक्रमण र हातको सफाई
No ads found for this position

शालिक राम धिताल

विश्व महामारी रुपमा देखिएको नोभेल कोभिड-१९ (कोरोना भाइरस) अति छिटो र एकै पटक धेरै मानिसलाई संक्रमण गरिरहेको सबैलाई अवगत छ। अहिले सम्पूर्ण विश्व यसै भाइरसका कारण भयावह अवस्थामा छ। राष्ट्रिय आपतकालीन घोषणा समेत हुँदै छ। विश्व स्वास्थ्य संगठनले यो रोगलाई विश्व महामारीको रुपमा घोषणा गरिसकेको छ। चीनबाट शुरु भएको यो समस्या कोरिया, इटाली, जापान,जर्मनी, जापान, भारत लगायतका करिब १९० मुलुकहरुमा फैलिसकेको छ। आजको दिनसम्म विश्वमा २७ हजार भन्दा बढी मानिसहरुको यो भाइरसका कारण ज्यान गइसकेको छ। 

नेपालमा यो भाइरसबाट ४ जना मात्र संक्रमित भएका छन्। तर समयमा होसियार हुन सकिएन भने बिकराल रुपमा धेरै मानिसलाई संक्रमण गर्न सक्छ।

यो भाइरसबाट बच्ने उपायहरुमध्ये साबुन पानीले मिचीमिची हात धुनु सस्तो र अति उत्तम उपाय हो। नेपालको सन्दर्भ यो रोगले धेरै मानिसहरुलाई प्रभाव पार्न सक्छ र अति जोखिममा रहन सक्छन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।  नेपालीहरुलाई अन्य महंगा स्यानिटाइजर, जेल महँगा र पहुँच बाहिर पर्ने भएकोले सस्तो र सबैको पहुँच भित्र पर्ने साबुन पानीले हात धुनु उत्तम उपाय हो।

अहिलेसम्मको अध्ययन र अनुसन्धानले नेपालको सन्दर्भमा  कुरा गर्दा हात धुने डर अति नै कमजोर छ। मुलत: मानिसहरुले दिसा गरिसकेपछि र खाना खानु आगाडी मात्र हात धुने बानि देखिन्छ। यो अभ्यास आफैँमा राम्रो हो तर यतिले मात्र पुग्दैन। विश्व स्वास्थ्य संगठनले र अन्य विभिन्न प्रमाणहरुको आधारमा अन्य जोखिमको अवस्थाहरु जस्तै कुनै पनि फोहोर चिज छुनु आगाडी, बच्चाको दिसा बिसर्जन गरेपछि, बच्चालाई खाना खुवाइ सकेपछि, स्तनपान गर्नु आगाडि साबुन पानीले हात धुनु पर्छ  र संक्रमणबाट रोक्न सकिन्छ भन्ने कुरा स्पस्ट छ तर अधिकांस मानिसहरु यो कुरामा ख्याल राख्दैनन्।

अहिलेको यो कोरोना भाइरसको महामारीमा हरेक व्यक्तिले आफ्नै सक्रियतामा आफ्नो हात साबुन पानीले धुने कुरालाई बढी महत्व दिनु अति आवस्यक छ। यो हात धुने अभ्यासलाई कुन अवस्थामा हात धुने भनेर पर्खेर बस्ने होइन। साबुन पानीले हात धुने कुरालाई नियमित र कुनै पनि कुरा छोई सके पछि र अर्को व्यक्तिको सम्पर्कमा जानु आगाडी अनिबार्य रुपमा  धोएर मात्र उक्त व्यक्तिको सम्पर्कमा जाने बानीको विकास गर्नु अनिवार्य छ। जस्तै यदी तपाई बसपार्कमा बस कुरिराख्नु भएको छ र तपाई उक्त स्थानमा बसेर कुनै चिज छोएर बस चढ्नु भएको छ भने अनिवार्य रुपमा साबुन पानीले हात धुन आवश्यक छ।

हात मिलाउने बन्द गर्ने तर नमस्कार गर्ने बानिको विकास गर्ने, जसले गर्दा नयाँ संक्रमण दर मा कमि आउछ। त्यस्तै कुनै पनि स्थानमा प्रवेश गर्नु आगाडि पहिलो काम भनेको साबुन पानीले हात धुनु नै हो।

साबुन पानीले हात धुने कार्यलाई एउटा नियमित बानीको रुपमा लिएर हात धुने कामलाई प्रथम र महत्वपुर्ण कर्तब्य ठानेर प्राथमिकताका साथ सबैले अबलम्बन गर्नु कोरोना संक्रम बाट बच्न सकिन्छ। हात धुने अभ्यासलाई अल्छि मानेर हेलचक्रेयाईंको रुपमा कुनै पनि हालतमा लिनु हुँदैन। किनकी मानिसका हात सबैभन्दा बढी मात्रामा जिवाणु र बिषाणु ग्रहण गर्ने हुलाकी हो। हात धुने कार्यलाई समस्या आउदा मात्र धुने र आफ्नै हात त होनी भन्दै नधोइ बस्नु हुँदैन। 

हरेक नागरिक सचेत भएमात्र पूर्णरुपले साबुन पानीले हात धुने अभियान सफल हुन्छ।

(लेखक स्वास्थ्य र सरसफाई बिषयमा अस्ट्रेलियामा पिएचडी गर्दै छन्।)

प्रकाशित : २०७६ चैत १५ गते १५:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI