कोरोना भाइरस सतर्कताका लागि प्रचण्डको अपील

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते १६:०७
कोरोना भाइरस सतर्कताका लागि प्रचण्डको अपील

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना (कोविड–१९) को संक्रमणबाट बच्न सबैलाई अपील गरेका छन्। शनिबार भिडियो सन्देशमार्फत् प्रचण्डले सावधानीका लागि अपील गरेका हुन्। उनले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह पनिसमेत गरेका छन्। 

अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैलाई अनुरोध गरेका हुन्। उनले नेकपा कार्यकर्तालाई स्वयम्सेवीका रुपमा संक्रिय हुन अनुरोधसमेत गरेका छन्। 

प्रचण्डले यो भाइरसले मानव जातिलाई नै नयाँ चुनौती र नयाँ शिक्षा दिइरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन्। कोरोनाबाट ६ लाख मानिस संक्रमित भएको र २७ हजार बढीको मृत्यु भएको भन्दै उनले सचेत रहन जनतालाई अपील गरेका हुन्। 

प्रकाशित : २०७६ चैत १५ गते १६:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI