नवलपुरको देवचुलीमा ५०० शैयाको क्वारेन्टाइन निर्माण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते १७:४२
नवलपुरको देवचुलीमा ५०० शैयाको क्वारेन्टाइन निर्माण

नारायण शर्मा/नवलपुर
देबचुली नगरपालिकाको क्षेत्र भित्र ५ सय बेडको क्वारेन्टाइन बनाएर प्रयोगमा ल्याइएको छ ।
रजहरको प्राकृतिक चिकित्सालयमा ४ सय बेड र नगरपालिका भित्रका १७वटा बिद्यालयमा थप एक सय बेड तैयार भैसकेको हो । तैयार क्यारेन्टाइनमा शनिवार सम्म २२ जना बसेका छन ।
रजहरमा रहेको प्राकृतिक चिकित्सालयका २ सय ५० वटा कोठामा ४ सय बेड तैयार भैसकेको छ । त्यहाका निर्देशक डा बिनोद पौडेलले ४ सय बेड तैयारी अबस्थामा रहेको र शनिवार सम्म २२ जना क्वारेनटाइनमा बसेको जानकारी दिए । सबै पुरुष हुन । उनिहरु अधिकांस बिदेशवाट फर्किएका हुन । चिकित्सालयमा १६ जना र जोखिममा रहेकाको घरपायकवाट नजिकका बिद्यालयहरुमा बनाइएको क्वारेन्टाइनमा ६ जना राखिएको छ ।
चिकित्सालयमा ६ सय बेड अरु थप्न मिल्ने ठाउ तैयार छ । सम्भावित संक्रमित वा बिरामीको चापको अनुपातमा बेड थप्दै जाने जाने तैयारी रहेको उनले जानकारी दिए । ११ बिगाह क्षेत्रफलमा स्थानिय प्रयासवाट निमार्ण गरेर संचालनमा ल्याइएको चिकित्सालय जंगल भित्र र एकान्तमा छ । त्यहा आइसोलेशन बेड बनाउन सकिदैन । चिकित्सा पद्धतीवाट मात्र उपचार हुने भएकोले ल्याब र जनशक्ति अभाव रहेको छ ।
संक्रमण देखिएमा भरतपुरमा खोलिएको कोरोना अस्पतालमा रिफर गर्ने ब्यबस्था गरिएको छ । क्वारेन्टाइनमा बस्नेको अस्पतालमै १ वटा एम्बुलेन्स तैयारी अबस्थामा राखिएको छ । संक्रमितको जोखिममा रहेकाहरुको परिक्षणगर्दा चिकित्सकले पहिरिने पिपिइ (प्रशनल प्रोटेक्टीभ इक्विपमेन्ट) को अभाव रहेको छ ।
देबचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालका अनुसार नगरपालिकाका सबै वडाका होस्टल रहेका बिद्यालयमा क्वारेन्टाइन कक्ष तैयार भैसकेको छ । त्यहा आउनेहरुलाई निःशुल्क खाने बस्ने ब्यबस्था रहेको छ ।
नगरपालिकाले शनिवार बिहान बिहान सम्म बिदेशवाट आउनेको संख्या १४२ रहेको जानकारी दियो । ति सबै भारत र खाडि मुलुकवाट आएकाहरु हुन । हरेकदिन नगरपालिका प्रबेश गर्नेहरुको तथ्यांक राख्ने गरिएको छ । उनिहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्न प्रेरित गरिएको छ । संक्रमणको लक्षण १४ दिन सम्म देखिने भएका कारण उनिहरुलाई त्यति अबधि राख्ने पर्छ । केहि सल्लाहमा घरघरमै क्वारेन्टाइनमा ( अलग्गै बस्ने) गरेका छन । घरमा प्रयाप्त कोठा नहुनेहरुलाई क्वारेन्टाइन जान अनिवार्य गरिएको छ ।


एक करोड बजेट


नगरपालिकाले कोरोना संक्रमणसंग जुध्न १ करोड बजेट छुटयाएको छ । बिपत ब्यबस्थापन कोषकालागि छ्टटयाइएको १ करोड नगरपालिकाले कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने निर्णय पालिकाले गरेको छ ।
पुर्वी नवलपरासीमा रहेका ८ वटा पालिकामा चिकित्सकिय मापदण्डको धेरै क्वारेन्टाइन कक्षको ब्यबस्थापन गर्ने देबचुली पहिलो नगरपालिका हो ।

प्रकाशित : २०७६ चैत १५ गते १७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI