समाजसेवी गुरुङ्गको पहलमा नवलपुरका बिभिन्न सस्थामा पिपिई सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते १८:२६
समाजसेवी गुरुङ्गको पहलमा नवलपुरका बिभिन्न सस्थामा पिपिई सहयोग

कावासोती : कावासोती नगर विकास समितिका पुर्व अध्यक्ष समाजसेवी सुरज गुरुङ्गको पहलमा शनिवार नवलपुरका बिभिन्न संस्थामा पिपिई सहयोग गरिएको छ । बिभिन्न स्वास्थ्य संस्था र अन्य आबश्यक सस्थाहरुले पिपिई नपाएर कार्य सम्पादनमा अप्ठ्यारो भईरहेका बेला गुरुङ्गको पहलमा मापदण्ड पुरा गरेको पिपिई हस्तान्तरण गरिएको हो । ति सामाग्रीहरु सहयोगी मनका धनी कावासोती ३ निवासी पुर्णकुमार श्रेष्ठले सहयोग गरेका हुन् । गुरुङ्गका अनुसार नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखालाई २ थान पिपिई र २० थान मास्क , शिवमन्दिर हेल्थपोष्ट लाई ३ सेट पिपिई र २० सेट मास्क , हुप्सेकोट गाउँपालिकालाई ४ थान पिपिई र ५० थान मास्क , चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाइृ १ सेट पिपिई र जिल्ला प्रहरी कार्यालय नवलपुरलाई २ सेट पिपिई आज हस्तान्तरण गरिएको हो ।
गुरुङ्गले अन्य सस्थाहरुलाई पनि पिपिई उपलब्ध गराउने र ति सामानहरु मंगलबार सम्म कावासोती आउने बताउनुभयो । आज वितरण गरिएको पिपिई भरतपु्रमा रहेको कोरोना बिषेष अस्पतालले प्रयोगका लागि सिफारिस गरेको पिपिई भएको गुरुङ्गले बताउनुभयो ।

प्रकाशित : २०७६ चैत १५ गते १८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI