No ads found for this position

कोरोना भाइरसका कारण स्पेनकी राजकुमारी टेरेसाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते ७:२०
No ads found for this position
कोरोना भाइरसका कारण स्पेनकी राजकुमारी टेरेसाको मृत्यु
No ads found for this position

कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ।

स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन्।

युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्। यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ९८२ पुगिसकेको छ। स्पेनमा समग्र संक्रमितको संख्या ७३ हजार २ सय नाघेको छ ।

प्रकाशित : २०७६ चैत १६ गते ७:२०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI