चैते दशैँमा बलि नदिइने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते ७:२८
चैते दशैँमा बलि नदिइने

कोरोना भाइरस (कोभिड–१९)विरुद्ध मुुलुक लक डाउनमा रहेका कारण हनुमानढोका दरबार हेरचाह अड्डाले चैते दशैँमा हनुमानढोका दरबारमा हुने ५४ राँगा र ५४ बोका बलि नगर्ने निर्णय गरेको छ।

अड्डा प्रमुख अरुणा नकर्मीका अनुसार अब दशैँमा देवीको पूजा मात्र हुनेछ। यस्तो बलि यसअघि कहिल्यै नरोकिएको जनाइएको छ। गुठी संस्थानले चैत महिनामा हुने सपनतीर्थ मेला, हाँडीगाउँको गहना खोज्ने जात्रा, हरिसिद्धि, ठैव, ठेचो, सुनाकोठी, फर्पिङ, सतुङ्गल, पुरानो नैकाप, स्युचाटार लगायतका उपत्यकाका जात्रामा सरकारको निर्देशन पालना गर्न निर्देशन दिइसकेको छ।

रकमी, पुजारी, गुठियार, झाडुबढारू, बानादार (बाजा बजाउने) कुश्ले लगायतका रकमी कर्मचारीलाई भाइरसप्रति सजग रहन र आपत् पर्दा समाजमा सहयोग पुर्‍याउन निर्देशनसमेत दिएको छ ।

प्रकाशित : २०७६ चैत १६ गते ७:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI