कोरोना महामारीसँगै कन्डमको अभाव सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते १२:५९

कोरोना भाइरसको महामारीसँगै गर्भनिरोधक साधन कन्डमको अभाव खड्किन थालेको छ  विश्वकै ठूलो कन्डम उत्पादक कम्पनीले आफ्नो उत्पादन रोकेको जनाएको छ । मलेसियाको करेक्स बिएचडीले उत्पादन नैरोकेको हो । विश्वभर पाइने हरेक पाँच कन्डममध्ये एउटा कन्डम मलेसियन कम्पनी करेक्सको हुन्छ । हाल  उक्त कम्पनीले मलेसियामा रहेका आफ्ना तीनवटै फ्याक्ट्रीबाट उत्पादन रोकेको हो । एक साताअघि यहाँकोसरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछि उक्त कम्पनी पनि बन्द भएको हो ।

जब कि, मार्केटमा पहिलेदेखि नै एक करोड जति कन्डमको अभाव भएको बताइन्छ । उक्त कम्पनीलाई शुक्रबार कन्डम पुनउत्पादन गर्न सरकारले अनुमति दिएको थियो । तर ५० प्रतिशत कामदारसहित संकटमा रहेका उद्योगका लागि विशेष छुटगर्नुपर्ने शर्तमा ।

‘यसका लागि समय लाग्छ । र हामी आधा क्षमतामा माग पूरा गर्न प्रयास गर्नेछौँ,’ कम्पनीका प्रमुख गोह मिआ किटलेभनेका छन् । साथै विश्वव्यापी रुपमा जताततै डरलाग्दो तरिकाले कन्डम अभाव हुने उनले बताएका छन् ।

‘मेरो चासो अफ्रिकामा हुने मानवीय कार्यक्रमका लागि हो । अभाव दुई हप्ता वा महिनाका लागि हुँदैन, अभाव महिनौँसम्महुनेछ,’ किटले भने । दक्षिणपूर्वी मुलुकमा कोरोनाबाट अति प्रभावित भएको मलेसिया पनि हो । जहाँ २ हजार १ सय ६१संक्रमित छन् । साथै २६ जनाको मृत्यु भइसकेको छ ।

अप्रिल १४ सम्मका लागि मलेसियन सरकारले लकडाउन घोषणा गरेको छ । यसवाहेक धेरै कन्डम उत्पादन गर्ने देश चीनपनि हो । जहाँ कोरोना भाइरसको महामारी अझै मत्थर भइसकेको छैन । यस्तै भारत र थाइल्याण्डमा पछिल्लो समयसंक्रमण फैलिँदै गरेको छ ।

गोह भन्छन्, ‘राम्रो कुरा त के भने, कन्डमको माग अझै कडा रुपमा छ । किनकि, मन परे पनि नपरे पनि यसको प्रयोगअत्यावस्यक हो । मान्छेहरु यस्तो अवस्थामा सम्भवतः बच्चा जन्माउन चाहँदैनन् । यस्तो अनिश्चितता बचि, ठीक समयहैन ।’

प्रकाशित : २०७६ चैत १६ गते १२:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI