No ads found for this position

लकडाउन’को असुविधाप्रति माफी मागे मोदीले

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते १३:२०
No ads found for this position
No ads found for this position

नयाँदिल्ली : कोरोना भाइरस रोकथामका लागि भारत सरकारले लकडाउन घोषणा गरेको पाँच दिन पुगेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेकोमा आम जनतासँग माफी मागेका छन् । लकडाउन गरिएसँगै भारतकाविभिन्न ठाउँमा हजारौं आप्रवासी कामदार तथा मजदुरहरु अलपत्र परेका छन् । सयौँ किलोमिटरसम्म भोकभोकै पैदलयात्रा गर्नु परेको छ ।

‘मैले लिनु परेको केही कठिन निर्णयले गर्दा आम जनतामा पर्न गएको असुविधालागि म राष्ट्रसँग माफी माग्दछु । तरतपाईँहरुको रक्षाको लागि मैले यस्तो निर्णय लिनुपर्ने थियो,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।

मोदीले आफ्नो मासिक रेडियो सम्बोधन ‘मन की बात’ मा यस्तो बताएका हुन् । दुई सातादेखि भारतमा लकडाउन छ ।दोस्रो पटक सरकारले २१ दिनको लागि लकडाउन घोषणा गरेको हो ।
सरकारी घोषणासँगै हजारौँ कामदार तथा कामका लागि सहरमा बस्दैआएका गाउँका मजदुरहर हतारमा घर फर्किन बाध्यभएका हुन् । यातायात बन्द हुँदा उनीहरु अलपत्र परेका हुन् ।

भारतीय च्यानल एनडिटिभीका अनुसार शनिबार मात्रै ३८ वर्षीय एकजना दिल्लीबाट २ सय किलोमिटरको बाटोमध्यप्रदेशतर्फ पैदल हिँड्दै गर्दा हृदयघातका कारण बाटोमै मृत्यु भएको थियो ।

उनले उत्तर प्रदेश नजिकै आग्रा सहर नजिकै आफ्नो गन्तव्य पुग्न ८० किलोमिटर बाँकी छँदा बाटो बिराएका थिए ।प्रधानमन्त्रीले भने लकडाउन उल्लंघन गर्नु भनेको आफ्नै जीवनसँग खेलवाड गर्नु भएको भन्दै आदेश दिएका थिए ।

प्रकाशित : २०७६ चैत १६ गते १३:२०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI