No ads found for this position

कावासोती भित्रका मेडिकल र स्वास्थ्य केन्द्र बन्द गरे नवीकरण नहुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते १५:२३
No ads found for this position
कावासोती भित्रका मेडिकल र स्वास्थ्य केन्द्र बन्द गरे नवीकरण नहुने
No ads found for this position

नवलपुर । कावासाेति नगरपालिका काेरना भाईरस राेकथाम समिति , स्वास्थ शाखा र पत्रकार सहिततको टाेलिले आज कावासाेति नगरपालिका भित्र रहेका स्वास्थ्य सेवाकेन्दहरुकाे अनुगमन गरिएकाे छ । अनुगमकाे क्रममा नगरभित्रका अधिकाशं दन्त र अाखा उपचार केन्द्र बन्द भेटिएकाे नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद नागिलाले जानकारी दिनुभयाे । उहाँको अनुसार २२ बटा स्वास्थ्य सेवा केन्द्र मध्य २ बटा दन्त सेवा, २ बटा आँखा उपचार केन्द्र र २ बटा स्वास्थ क्लिनिक बन्द भेटीएकाे जानकारी दिनुभयाे ।

बजारका मुख्य राजमार्गका केही उपचार केन्द्रहरु समेत बन्द भेटिएकाे स्वास्थ शाखा प्रमुख नागिलाले बताउनुभयाे । कावासाेति नगरपालिकाकाे १७ बटै बडामा रहेका स्वास्थ्य केन्द्रहरु अत्यावश्यक सेवा भित्र रहने भएकाले कुनैपनि स्वास्थ्य सेवा केन्द्रहरु बन्द गर्न नपाईने कावासाेति काेरना राेकथाम समिति संयाेजक तथा अनुगमन समिति प्रमुख तथा नगरपालिका उप प्रमुख प्रेम शंकर मर्दनियाले बताउनु भयाे ।

प्रकाशित : २०७६ चैत १६ गते १५:२३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI