परिवारनै क्वारेन्टाइनमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १७ गते १०:४४
परिवारनै क्वारेन्टाइनमा

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका-१२ माझखर्कका एकै घरका पाँच जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको छ । भारतको सिम्लारुरुमा मजदुरी गरेर गत चैत्र १० गते घर फर्किएका ३६ वर्षीय हिरालाल खडकालाई घर आएपछि ज्वरो आउने, टाउको दुख्‍ने सुरु भएपनि उनीसहित परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरुलाई आइतबार राति ९ बजे जिल्ला अस्पताल ल्याइएको थियो । भारतको सिम्ला स्थित रुरुबाट मजदुरी गरी फर्किएका उनीसँगै श्रीमती, छोरी र दुई छोरालाई अस्पतालको क्वारेनटाइनमा राखिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । ज्वरो आउने लक्षण देखिएपनि परिवारका अन्यमा कुनै समस्या नरहेको अस्पतालका प्रमुख डा. अर्जुन बुढामगरले बताए । सोमबार नमुना संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
नमुना संकलनका लागि प्रदेश सरकारले एक टोली सोमबार सल्यान अस्पताल पठाउन लागेको उनले बताए । परीक्षणको नतिजा नआएसम्म उनीहरुलाई क्वारेन्टाइनमै राखिने छ । यस्तै त्रिबेणी गाउँपालिकाले भारतबाट फर्केका १५ जनालाई क्वारेनटाइनमा राखेको छ ।

कान्तिपुरबाट

प्रकाशित : २०७६ चैत १७ गते १०:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI