सचेतनामुलक भिडियो “शुरुवात परिवर्तनको लागि” युट्युबमा सार्वजनिक (भिडियो सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १७ गते ११:३४

माधव अधिकारी/चैत्र १७
नवलपुरका युवा सामाजिक अभियान्ताहरुले तयार पारेको सचेतनामुलक तथा प्रेरणादायक भिडियो “शुरुवात परिवर्तनको लागि” युट्युबमा सार्वजनिक गरिएको छ ।
चेलीबेटी बेचविखन नेपाली समाजको मुल समस्या मध्यकै एक हो । पहिलाको तुलनामा कम भए पनि बेरोजगार, आर्थिक अवस्था कमजोर, अशिक्षा लगायतका कारण अझैपनि ग्रामीण क्षेत्रका चेलीबेटीहरु दलालको विभिन्न लालचमा परेर बेचिन बाध्य छन् । नेपाली समाजमा अझैपनि व्याप्त रहेको यो तितो यथार्थलाई कथामा उतारीएको छ । एकजना शिक्षीकाले विद्यार्थीलाई कथा भन्दै गरेको दृश्यबाट बाट शुरु हुने भिडियोमा खुल्ला सिमानाका र कमजोर प्रहरि संयन्त्रका कारण मौलाइरहेको यस्ता गतिविधिलाई रोक्न स्थानिय स्तर बाटै सजग हुनुपर्ने कुरालाई जोड दिएको छ ।
भिडियोमा किस्मत पौडेल, बिमल अधिकारी, शिखा कुँवर, ओमकार घिमिरे, टिआर काफ्ले, कमल चापागाइ, देवि सापकोटालाई मुख्य भुमिकामा देख्न पाईन्छ । बिमल अधिकारीको परिकल्पनामा निर्माण भएको भिडियोमा लेखन तथा निर्देशन बिमल अधिकारी, किस्मत पौडेल र कमल चापागाइले गरेका छन् ।
भिडियो नवलपरासी बर्दघाट सुस्ता पुर्वको पर्यटकीय क्षेत्र कृष्णसार मध्यवर्ती सामुदायिक बन र कावासोती १० मगरकोट लगायतका क्षेत्रहरुमा छायांकन गरिएको हो । भिडियो युनिक नेपाली टिभि नामक यूट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

प्रकाशित : २०७६ चैत १७ गते ११:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI