कोरोना रोकथामका लागी गण्डकी प्रदेश सरकारलाई काङ्ग्रेसको सुझाव

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १७ गते १२:३०
कोरोना रोकथामका लागी गण्डकी प्रदेश सरकारलाई काङ्ग्रेसको सुझाव

पोखरा । नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशको बैठकले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक कदम चाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा आईतवार बसेको बैठकले १८ बुँदे सुझावसहित सरकारको ध्यानाकर्षण गराएको काँग्रेस नवलपुरका सभापति एवं प्रदेश सभा सदस्य विष्णु लामिछानेले जानकारी दिए । बैठकपछि जारी विज्ञप्तिमा कोरोना  नियन्त्रणका लागि केन्द्रको साथै प्रदेश सरकार पनि गम्भीर, संवेदनशील, दृढ र गतिशील हुन आवश्यक रहेको भनिएको छ ।  नागरिकले कोरोना नियन्त्रणका लागि सजगता र धैर्य अपनाउनु आवश्यक रहेकामा जोड दिँदै यसका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति राज्य र  नागरिकको पूर्ण साथ र सहयोग जरुरी रहेको काँग्रेसले जनाएको छ ।

काङ्ग्रेसले दिएका सुझावहरु

१. विश्वमा फैलेको कोरोना महामारी मानव सभ्यताको लागि शताब्दीकै ठूलो चुनौतीको रुपमा आइरहेको छ । यसको नियन्त्रणको लागि केन्द्र सरकारको साथसाथै प्रदेश सरकार पनि ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशिल हुन जरुरी छ ।
२. सबै नागरिकले कोरोना नियन्त्रणको लागि सजकता र धैर्यता अपनाउनु आवश्यक छ ।
३. कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ ।
४. प्रदेश सरकारले यस सन्दर्भमा आवश्यक चिकित्सा, स्वास्थ्य उपकरण, परिक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको कमजोरी हो । यो ज्यादै जोखिमपूर्ण रहेको छ ।
५. प्रदेशको राजधानी पोखरामा शीघ्रातीशीघ्र कोरोना परिक्षण प्रयोगशाला सञ्चालन गर्न र तत्पश्चात बाँकी सबै जिल्लाहरुमा परिक्षण प्रयोगशाला सञ्चालन गर्न अत्यावश्यक छ ।
६. संघ सरकारले मित्रराष्ट्र चीनबाट मगाएको पि.पि.ई. किट र अन्य स्वास्थ्य सामग्रीहरु तत्काल प्रदेशमा मगाएर सबै जिल्लाहरुमा पुर्‍याउने व्यवस्था यद्धस्तरमा गरियोस् ।
७. प्रदेश सरकारले आफ्नो कोषबाट पनि त्यस्तो उपकरण र सामग्री खरिद गरी समस्यालाई सम्बोधन गर्ने व्यवस्था गर्न जरुरी छ ।
८. कोरोना महामारी फैलन नदिन लकडाउन अत्यावश्यक छ । यसलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पु¥याउनु सबै नागरिकको दायित्व हो । सुरक्षा निकायलाई गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न जरुरी छ ।
९. सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत यो रोग नियन्त्रण गर्नको लागि अहोरात्र खटिने सम्पूर्णको लागि विमाको साथै प्रोत्सहान भत्ताको व्यवस्था गरी उनीहको मनोबल उच्च राख्न आवश्यक छ ।
१०. प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरी यो महामारीलाई नियन्त्रण गर्न र जोखिम कम गर्ने कार्यक्रम अगाडी बढाउन आवश्यक छ ।
११. कोरोना नियन्त्रणको लागि निजी, सामाजिक संघ÷संस्थाले गर्ने नगद, स्वास्थ्य उपकरण सामग्रीको सहयोगलाई एकद्वार प्रणाली अपनाई त्यस्तो पहललाई सकारात्मक रुपमा लिई सरकारले यसका लागि प्रोत्सहान गर्न र सहयोग गर्न आवश्यक छ ।
१२. लकडाउनको कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरहरुलाई जीवन सञ्चालन हेतु आवश्यक आर्थिक प्याकेजको घोषणा तत्कालै हुन जरुरी छ ।
१३. कृषि उपज बजारसम्म ल्याउन, उपभोक्तालाई सहजरुपमा अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराउने, कालोबजारी रोक्ने र प्रभावित कृषकहरुको लागि समेत राहत प्याकेजको कार्यक्रम ल्याउन आवश्यक छ ।
१४. कोरोना महामारी नियन्त्रणको लागि सम्र्पूण प्रदेश लकडाउन भइरहेको समय अन्य विरामी, रोगबाट प्रभावितहरुको उपचारमा सहजता ल्याउँदै दीर्घरोगीहरु र नियमित रुपमा चिकित्सको परामर्शमा औषधिसेवन गरिरहेका विमारीहरुको उपचारको आवश्यक प्रबन्ध गराउने ।
१५. आजका मितिसम्म कोरोना परिक्षणमा positive देखिएका विमारीका साथसाथै विमानमा यात्रा गर्नेहरुको तत्काल पहिचान गर्ने, कोरोना संक्रमित मुलुकबाट र त्यस्तो मुलुक भएर नेपाल आउने तथा तिनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको तत्काल कोरोना परिक्षण गर्न र परिक्षणको परिणाम नआएसम्म विश्वसनीय तरिकाले क्वारेन्टाइनमा बस्ने प्रबन्ध गर्न अत्यावश्यक छ ।
१६. उद्योग कलकारखाना सञ्चालन र व्यापारी वर्गमा पर्न गएको मर्कालाई अध्ययन गरी राहत कार्यक्रम ल्याउन आवश्यक छ ।
१७. बैकबाट ऋण लिएकाहरुले बैंक तथा वित्तिय संस्थामा बुझाउनुपर्ने ब्याज तथा किस्ता वापतको रकम यो महामारी नियन्त्रणमा आएपछि तिर्न पाउने गरी व्यवस्था मिलाउन र अत्यन्त कमजोर आर्थिक स्थितिका ऋणीको पहिचान गरी सरकारले नै ऋण मिनाहा गर्ने कार्यक्रम ल्याउन जरुरी छ ।
१८. यस महामारीबाट प्रदेशको जनताको जीवन रक्षाको लागि आवश्यक प्रभावकारी कदमहरु समयमै चाल्न आवश्यक छ । यो पुनीत कार्यमा नेपाली कांग्रेसले सबै प्रकारको समर्थन, सहयोग गर्न तयार छ ।

प्रकाशित : २०७६ चैत १७ गते १२:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI