भारतमा कोराना महामारीः मृत्यु हुनेको संख्या ३५ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १७ गते १७:१०
भारतमा कोराना महामारीः मृत्यु हुनेको संख्या ३५ पुग्यो

एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या ३५ पुगेको छ । सोमबार ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ३५ पुगेको हो । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको मृत्यु भएको छ । उनीहरुको सोमबार कोरोनाका कारण मृत्युको पुष्टि भएको जनाइएको छ । योसँगै गुजरातमा मर्नेको संख्या ६ पुगेको छ । त्यस्तै,आजै मध्यप्रदेशमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मध्यप्रदेशमा योसहित मृत्यु हुनेको संख्या ४ पुगेको छ । त्यस्तै पश्चिम बंगालको दार्जिलिङमा ५४ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ । ती महिला भर्खरै चेन्नईबाट उपचार गरेर फर्किएकी थिइन् । पश्चिम बंगालमा योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित : २०७६ चैत १७ गते १७:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI