दुरुपयोग बढे पछि जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीले सवारी पास दिन रोक्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १७ गते १८:४०
दुरुपयोग बढे पछि जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीले सवारी पास दिन रोक्यो

जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीले अत्यावश्यक सेवा बाहेककालाई सवारी पास नदिने भएको छ । आज एक सूचना जारी गर्दै जिल्ला प्रसासन कार्यालय सवारी पास नदिने बताएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९) को प्रकोप नेपालमा पनि बढे सँगै नेपाल सरकारले लक डाउन घोषणा गरे पछि अत्यावश्यक सेवाका लागि सवारी पास उपलब्ध गराएकोमा पासको दुरुपयोगले लक डाउनको माथि नै जन स्तरमा प्रश्न उठन थाले पछि जिल्ला प्रसासनले पास नदिने जनाएको छ ।

लक डाउन जारी पछि जिल्ला प्रसासन कार्यालयले जिल्लामा ४ सय ७८ सवारी साधनलाई पास उपलब्ध गराएको थियो । यस अघि जारी गरिएका सवारी पासहरु पनि चैत्र १८ गते बाट लागू नहुने जिल्ला प्रसासन कार्यालय बाट जारी सूचनामा उल्लेख गरिएको छ । विभिन्न सन्चार माध्यममा पास दुरुपयोगको समाचार प्रकाशित भएको र पास लिएर सडकमा गाडिमा हुइकीएको देखेर सर्बसाधारणपनि सडकमा निस्कने र लकडाउन अबज्ञा गर्नेक्रम बढेको साथै राजनैतिक पहुचका आडमा आफना कार्यकर्तालाई खुल्लमखुल्ला हिडन जिल्ला प्रशासनमा दबाब बढे पछि जिल्ला प्रसासनले पास दिन रोकेको हो ।

प्रकाशित : २०७६ चैत १७ गते १८:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI