कोभिड १९ : ईटालीमा ६३ चिकित्सकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १८ गते २:३२
कोभिड १९ : ईटालीमा ६३ चिकित्सकको मृत्यु

एजेन्सी । इटालीमा कोरोना भाइरस (कोभिड–१९) बाट ६३ जना चिकित्सकको ज्यान गएको छ । इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश डक्टर लम्बार्डी क्षेत्रमा काम गर्थे ।यो क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र हो । यो क्षेत्रमा मात्र अहिलेसम्म कोरोना भाइरसको कारण ४१ जना डक्टरको ज्यान गइसकेको छ । सीएनएनका अनुसार सोमबारसम्ममा इटालीका आठ हजार नौ सय ५६ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको इटालियन नेशनल इन्ष्टिच्युट अफ हेल्थले बताएको छ । अहिलेसम्म इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुने मानिसको संख्या सबैभन्दा ११ हजार पाँच सय ९१ पुगिसकेको छ। संक्रमित हुने मानिसको संख्या पनि एक लाख नाघेको छ । सोमबारसम्मको तथ्यांक अनुसार इटालीमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या एक लाख एक हजार सात सय ३९ पुगेको छ ।

प्रकाशित : २०७६ चैत १८ गते २:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI