बार्सिलोनाका खेलाडी ७० % तलब कटौती गर्न सहमत

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १८ गते २:४५
बार्सिलोनाका खेलाडी ७० % तलब कटौती गर्न सहमत

एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीको अवधिमा बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब कटौती गरेर लिने घोषणा गरेका छन्। तथापी ‘नन–स्पोर्टिङ स्टाफ’ ले भने सत प्रतिशत तलब दिन खेलाडीले योगदान गर्ने बताएका छन्। 

कप्तान लियोनल मेसीले क्लबलाई कसरी सहयोग गर्ने भनेर सोच्दा निर्णय लिन ढिलाई भएको बताए। युभेन्टसका खेलाडी तथा प्रशिक्षक माउरिसियो सारीले गत साता आफ्नो चार महिनाको तलब नलिन सहमत भएका थिए।  स्पेनमा अहिले ७ हजार ३४० जनाको मृत्यु भइसकेको छ। इटालीपछि स्पेन सबभन्दा धेरै प्रभावित देश हो।

जर्मन बुन्डेसलिगाका क्लब बायर्न म्युनिद र बोरुसिया डर्टमण्डका खेलाडीले पनि तलब कटौती गर्न समहत भएका थिए। विज्ञप्तीमा बार्सिलोनाका गोलकिपर मेसीले भनेका छन्, ‘‘हामी अहिले असाधारण परिस्थितीमा छौं। यसबारे हामी राम्रो जानकार छौं र यसैकारण हामी सदैव आफ्नो तलब कटौती गर्न इच्छुक थियौं।

हामी खेलाडी सदैव क्लबलाई सहयोग गर्न तयार छौं। हामीलाई क्लबभित्रैबाट पनि केहीले दबाब दिने प्रयास गरे। तर हामी यसका लागि सदैव तयार थियौं। समस्याको उपयुक्त समाधानका लागि हामी अहिले चुप थियौं।’’ बार्सिलोनाको पदाधिकारीहरू र बास्केटबल टीमका सदस्यहरू पनि आफ्नो तलब कटौतीमा सहमत भएका छन्।  

प्रकाशित : २०७६ चैत १८ गते २:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI