भुटानमा पनि लक डाउन २१ दिनलाई लम्बियो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १८ गते २:५४
भुटानमा पनि लक डाउन २१ दिनलाई लम्बियो

एजेन्सी । भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुनेभएको छ। भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो ।
भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए । उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए ।

PM Bhutan

@PMBhutan

प्रकाशित : २०७६ चैत १८ गते २:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI