जिल्ला प्रसासन नवलपुरले गर्यो राहत र चन्दामा कडाइ: आफुखुसी राहत बाढे र चन्दा उठाए कारवाही हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १८ गते २०:३५
जिल्ला प्रसासन नवलपुरले गर्यो राहत र चन्दामा कडाइ: आफुखुसी राहत बाढे र चन्दा उठाए कारवाही हुने

जिल्ला प्रशासन कार्यालय नवलपुरले लकडाउनको समयमा आफुखुशी राहत बाड्न र चन्दा उठाउन नपाईने गरि कडाई गरेको छ । कार्यालयले लकडाउनको समयमा विपन्नहरुलाइ राहत दिने नाममा अनियमितता भएको र चन्दा उठाउने नाममा पारदर्शी नभएको भन्दै त्यस्तो कार्य नगर्न कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालय नवलपुरले मंगलबार एक सुचना प्रकाशित गर्दे राहत दिन चाहनेले स्थानीय तह मार्फत दिन आग्रह गरेको छ । सुचनामा भनिएको छ ,“कुनै निकाय ,संघ सस्था या व्यक्तीले सहयोग गर्न चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुहोला । ” सुचनामा यदि कोहि कसैले प्रशासनको निर्देशन विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

प्रकाशित : २०७६ चैत १८ गते २०:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI