प्रदेश सांसद लामिछाने र गौतमले गरे स्थानिय तहले गरेको तयारीको निरीक्षण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १८ गते २१:५४
प्रदेश सांसद लामिछाने र गौतमले गरे स्थानिय तहले गरेको तयारीको निरीक्षण


नवलपुुुर । कोरोना भाईरस (कोभीड 19) को रोकथामका लागि सरकारले लकडाउन गरेपछी जिल्लाका स्थानिय तहहरु जनतालाई कोरोना भाईरसबाट बचाउनका निमित्त विभिन्न खाले तयारीमा जुटिरहेका छन । स्थानिय तहले एकातिर कोरोनाबाट बच्ने उपायका सन्दर्भमा जनचेतना वृद्धि सङ्गै क्वारेन्टाइन होम र आईसोलेसनको निर्माण गरिरहेका छन भने अर्कोतिर लकडाउनका कारणले दैनिकिनै अप्ठ्यारोमा परेका जनतालाई खाध्यान्न बितरण र त्यसको तयारीमा ब्यस्त छन ।

स्थानिय सरकार यस्तै तयारीमा घनिभुत रुपमा जुटिरहेका बेला गण्डकी प्रदेशका सांसद द्वय बिष्णु प्रसाद लामिछाने र ओमकला गौतमले मङलबार स्थानिय तह र विभिन्न स्वास्थ्य केन्द्रले गरेको तयारीको निरिक्षण गरेका छन । निरिक्षणको क्रममा उनिहरुले क्वारेन्टाइन होम,आईसोलेसन र कोरोना भाईरसका कारणले उत्पन्न समस्याको समाधानका सन्दर्भमा स्थानिय तहले गरेको तयारीको विषयमा जिज्ञासा राखेका थिए ।


निरीक्षणका लागि उनिहरु बिनयी त्रिबेणि गाउँपालिका,मध्यबिन्दु नगरपालिका,मध्यबिन्दु जिल्ला अस्पताल, कावासोती नगरपालिका,हुप्सेकोट गाउँपालिका,देबचुली नगरपालिका,प्राकृतिक चिकित्सालय रजहर,दुम्कौली स्वास्थ्य केन्द्र,पितौजी स्वास्थ्य केन्द्रमा पुगेका थिए ।


निरिक्षणको क्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति समेत रहेका बिष्णु प्रसाद लामिछानेले छोटो समयमा स्थानिय तहले गरेको प्रयासको प्रशंसा गर्दै स्थानिय तहहरुले बितरण गर्ने राहत वास्तविक पिडितकोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए भने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र एम्बुलेन्स चालकको मनोबल उच्च राखिरहन पनि अनुरोध गरेको थिए ।

त्यस्तै नेपाली काङ्ग्रेस गण्डकी प्रदेशकी सचेतक ओमकला गौतमले क्वारेन्टाइन होम मापदण्ड अनुसारको गराउन तथा क्वारेन्टाइनमा बसेकाको हेरचाहमा ध्यान पुर्याउन अनुरोध गर्दै तरकारी तथा दुग्ध जन्य पदार्थको उत्पादन गर्ने कृषकको विषयमा पनि स्थानिय तहले सोच्नुपर्ने बताएकी थिईन । सो क्रममा गण्डकी प्रदेशका सांसद लामिछाने र गौतमले आवश्यक पर्दा आफुहरुबाट सबै खालको सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

प्रकाशित : २०७६ चैत १८ गते २१:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI