इटलीमा एकैदिन ८३७ को मृत्यु, मृतकको संख्या १२४२८ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते ६:१२
इटलीमा एकैदिन ८३७ को मृत्यु, मृतकको संख्या १२४२८ पुग्यो

इटलीमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ।

यस्तै, ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ। संक्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ।

यद्यपि, अहिलेसम्म १५ हजार ७ सय २९ जना निको समेत भइसकेका छन्। यहाँ गत जनवरी २९ मा पहिलो संक्रमण देखिएयता संक्रमित र मृत्यु हुनेको सिलसिला रोकिएको छैन।

प्रकाशित : २०७६ चैत १९ गते ६:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI