स्पेनमा एकैदिन ७४८ को मृत्यु, मृतकको संख्या ८ हजार ४ सय नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते ६:२४
स्पेनमा एकैदिन ७४८ को मृत्यु, मृतकको संख्या ८ हजार ४ सय नाघ्यो

स्पेनमा कोरोनाभाइरसका कारण एकैदिन ७ सय ४८ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या अहिलेसम्म ८ हजार ४ सय ६४ पुगेको छ।

यस्तै, ७ हजार ९ सय ६७ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या ९५ हजार ९ सय २३ पुगेको छ। संक्रमितमध्ये ५,६०७ जनाको स्थिती गम्भीर छ।

यद्यपि, अहिलेसम्म १९ हजार २ सय ५९ जना निको समेत भइसकेका छन्। यहाँ गत जनवरी ३० मा पहिलो संक्रमण देखिएयता संक्रमित र मृत्यु हुनेको सिलसिला रोकिएको छैन।

प्रकाशित : २०७६ चैत १९ गते ६:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI