एक लाख ७७ हजार बढी कोरोनाका बिरामी निको, मृत्तक ४२ हजार १०७ पुगे

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते ८:२२
एक लाख ७७ हजार बढी कोरोनाका बिरामी निको, मृत्तक ४२ हजार १०७ पुगे

विश्वव्यापी महारामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार १०७ पुगेको छ ।

८ लाख ५६ हजार ९१० जनामा भाइरस संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार एक लाख ७७ हजार १४१ जना उपचारपछि निको भएका छन्। कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा थप ८३७ जनाको मृत्यु भएको छ।

इटालीमा मृतकको संख्या १२ हजार ४२८ पुगेको छ। कोरोनासँग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार ४६४ जनाको ज्यान गएको छ। स्पेनमा थप ७४८ जनाको ज्यान गएको छ। यता अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ।

थप ७१९ जनाको मृत्युपछि अमेरिकामा मृतकको संख्या ३ हजार ८६० पुगेको छ। फ्रान्समा पनि मृतकको संख्या बढेको छ। त्यहाँ कोरोनाका कारण ३ हजार ५२३ जनाको मृत्यु भएको छ।
यस्तै इरानमा २ हजार ८९८ जनाको मृत्यु भएको छ।

बेलायतमा एक हजार ७८९ जनाको मृत्यु छ । जर्मनीमा थप १३० जनाको मृत्यु भएको छ भने मृतकको संख्या ७७५ पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा एक हजार ३९ जनाको ज्यान गएको छ । बेल्जियममा ७०५ जनाको मृत्यु भएको छ । पोर्चुगलमा १६० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

यता भारतमा पनि कोरोनाको महामारी फैलिरहेको छ । भारतमा मृतकको संख्या ३५ पुगेको छ भने एक हजार ३९७ जना संक्रमित छन् । आमनागरिकले लकडाउन र सरकारी निर्देशन पालना नगरेका कारण क्षति बढिरहेको भारतीय अधिकारीहरुको भनाई छ ।

पाकिस्तानमा २६ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ भने संक्रमितको संख्या एक हजार ९३८ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमणका कारण पाँच जनाको ज्यान गएको छ। स्रोत- नयापेज डटकम

प्रकाशित : २०७६ चैत १९ गते ८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI