काठमाडौँ उपत्यकाका यी ६ स्थानबाट आज ‘नेपाल’ ग्याँस वितरण हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते ८:३०
काठमाडौँ उपत्यकाका यी ६ स्थानबाट आज ‘नेपाल’ ग्याँस वितरण हुने
OGwg cem} ;xem ePg af}4 r'Rr]kf6L{l:yt UofF; k;ndf UofF; cfpg] ePkl5 dªnaf/ laxfg % ah]b]lv l;lnG8/;lxt nfda4 :yfgLojf;L . tl:a/ M k|bLk/fh jGt, /f;;

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्याँस उद्योगले आज बुधबार देखि ६ स्थानबाट ग्याँस वितरणको तयारी गरेकोे छ।

नेपाल ग्याँसको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्याँस वितरणको तयारी भएको कम्पनीले जानकारी दिएको छ ।

नेपाल ग्याँस कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्याँस वितरण गर्न लागिएको बताएका छन् ।

उनका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्याँस वितरण गरिनेछ। ‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने, ‘तीन दिनमा दुईदुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्याँस सिलिण्डर वितरण गरिनेछ ।

प्रकाशित : २०७६ चैत १९ गते ८:३०
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI