No ads found for this position

कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुडासैनी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते १३:१३
No ads found for this position
कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुडासैनी
No ads found for this position

कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी चयन भएका छन्। बुधबार अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले अर्थमन्त्री युवराज खतिवडाबाट कोषको अध्यक्षको रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन्। यसअघि चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको अध्यक्षको रुपमा नियुक्त गरेको थियो।

यसअघि कायम मुकायम सचिव रहेका पुडासैनीलाई सोही बैठकले सचिवमा बढुवा गर्न निर्णय समेत गरेको थियो। सोसँगै उनलाई कोषको अध्यक्षको जिम्मेवारी दिइएको हो। कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रवाधान रहेको भएपनि यसमा बहालबाला सचिवलाई नै त्यससको जिम्मेवारी दिने गरिएको छ। यसअघि राजश्वसचिव रहँदा शिशिरकुमार ढुंगाना सो पदमा थिए। अहिले उनी अर्थसचिवको रुपमा सरुवा भइसकेका छन्। 

ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा हुँदा समेत उनी नै कोषको अध्यक्षको जिम्मेवारीमा थिए। उनी पछि फेरि राजश्वसतिव बनेर अर्थ मन्त्रालयमा फर्किए। अर्थसचिव राजन खनालको अवकाशपछि भने उनलाई अर्थसचिवको जिम्मेवारी दिइएको थियो। नयाँ राजश्व सचिव आएसँगै उनलाई जिम्मेवारी दिन ढुंगानाले यसअघि कोषको अध्यक्षबाट राजीनामा दिएका थिए। स्रोत- रातोपाटी डटकम

प्रकाशित : २०७६ चैत १९ गते १३:१३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI