अत्यावश्यक वस्तुमा कालोबजारी नगर्न नेविसंघ नवलपुरको चेतावनी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते १४:०१
अत्यावश्यक वस्तुमा कालोबजारी नगर्न नेविसंघ नवलपुरको चेतावनी

चैत्र महिनाको शुल्क उठाए प्रतिकार गरिने

अजय पौडेल/नवलपुर

कोरोना भाइरसले बिश्वब्यापी महामारी फैलाइरहेको बेला सबैमा सचेत रहन नेबिसंघ नवलपुरले आग्रह गरेको छ।

आज नेबिसंघ जिल्ला अध्यक्ष राजेश पौडेलले एक विज्ञप्ती जारी गर्दै सबै नवलपुरबासीलाइ सरकारले निर्देशन गरेको आदेश पालना गरी घरमा नै रहन आग्रह गर्नुभएको छ।

अत्यावश्यक कामबाहेक अरु बेला घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सबैले आफ्नो ज्यान सुरक्षित राखी अन्य ब्यक्तिहरुको ज्यान समेत सुरक्षित राख्न आ-आफ्नो क्षेत्रबाट विशेष पहल गर्न जिल्ला अध्यक्ष पौडेलले अनुरोध गर्नुभएको हो।

“विषम परिस्थितिको फाइदा उठाउंदै नवलपुर जिल्लामा पहिलेको मूल्य भन्दा बढी मुल्यमा सामान बिक्री बितरण तथा स्टक भएको सामान पनि ग्राहकलाई नदिने गरेको गुनासो आएको हुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं” विज्ञप्तीमा भनिएको छ।

साथै देशका विभिन्न ठाउँहरुबाट नवलपुर आएर अध्ययन गर्न आउनुभएका विद्यार्थीहरुलाइ लकडाउनको समयमा समस्या परेमा आफुहरु सहयोग गर्न तयार रहेको पनि जिल्ला अध्यक्ष पौडेलले बताउनुभएको छ। त्यसैगरी नेबिसंघ जिल्ला कार्यसमिति, स्थानीय तहका समिति, कलेज कार्यसमिति लगायत सम्पुर्णलाई सरकारको आदेश पालना गर्दै बिपत्तिमा परेका जनताको लागि सहयोगका हातहरु बढाउनुहुन पनि अध्यक्ष पौडेलले अनुरोध गर्नुभएको छ।

सरकारले चैत्र महिनाको कुनै पनि शिक्षण शुल्क नलिन अनुरोध गरिसकेको आग्रहलाई बेवास्ता गर्दै नवलपुरका शिक्षण संस्थाले शुल्क लिएको पाइएमा नेबिसंघ नवलपुर त्यस बिरुद्ध उत्रने समेत विग्ज्ञप्ति मार्फत जानकारी गराइएको छ।

प्रकाशित : २०७६ चैत १९ गते १४:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI