भेदभावरहित र पुर्वाग्रहविना राहत वितरण गर्न काङ्ग्रेस नवलपुरको अपिल

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते १४:३७
भेदभावरहित र पुर्वाग्रहविना राहत वितरण गर्न काङ्ग्रेस नवलपुरको अपिल

कावासोती ।  नेपाली काँग्रेस नवलपुरले लकडाउनको समयमा विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई भेदभावरहित तवरले राहत वितरण गर्न जिल्लाका स्थानीयतहरुलाई आग्रह गरेको छ । काँग्रेसले राहत वितरण कार्यमा कुनैपनि प्रकारको पुर्वाग्रह नराख्न पनि अपिल गरेको छ ।

नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारले नगरपालिकालाई रु १० लाख र गाउँपालिकालाई रु ५ लाख राहत वितरण गर्ने गरि गरेको वजेट विनियोजनको प्रशंसा गर्नुभएको छ ।

प्रेस बिज्ञप्तिमा भनिएको छ,“ सबै पालिकाका जनप्रतिनिधिहरुलाई निस्वार्थ भावनाले कार्य गर्न र हुँदा खानेको पहुँच सम्म राहत सामाग्री पुर्‍याउन अपिल गर्दछौं । ” बिज्ञप्तिमा सरकारले कोरोनाको संक्रमणबाट नागरिकलाई जोगाउन सरकारले चालेका हरेक कदममा काँग्रेस साथ रहेको भन्दै सरकारी कार्यको प्रशंशा समेत गरिएको छ ।

प्रकाशित : २०७६ चैत १९ गते १४:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI