हुप्सेकोटमा लकडाउनको उल्लंघन गर्दै बिक्री गर्न लैजादै गरेको घरेलु मदिरा नष्ट

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते १९:४३
हुप्सेकोटमा लकडाउनको उल्लंघन गर्दै बिक्री गर्न लैजादै गरेको घरेलु मदिरा नष्ट

नवलपुर । हुप्सेकोट गाउँपालिकामा बिक्रिका लागि लैजादै गरिएको घरेलु मदिरा जनप्रतिनिधि,स्थानीय अगुवा तथा प्रहरीले नष्ट गरेको छ । हुप्सेकोट-४ शंखदेबबाट कावासोती तर्फ बिक्रिका लागि लैजादै गर्दा गस्तिमा रहेको अस्थाई प्रहरी चौकी शंखदेबको टोलिले देखेपछी नियन्त्रणमा लिएर नस्ट गरिएको हो । अस्थाई प्रहरी चौकी शंखदेबका इन्चार्ज प्रहरी सहायक निरीक्षक रुक्मांगद न्यौपानेका अनुसार लकडाउनको उल्लंघन गर्दै स्थानिय महिलाहरुले स्कुटी र साईकलमा बिक्रिका लागि कावासोती तर्फ लैजादै गरेको १८० लिटर घरेलु मदिरा नष्ट गरिएको हो । उनका अनुसार केही स्थानियले ब्यापारकै रुपमा घरेलु मदिरा उत्पादन गर्ने गरेको बुझिएको छ ।


घरेलु मदिरा उत्पादन तथा ओसार पसारमा समाबेश महिलाहरुलाई जनप्रतिनिधि,स्थानीय अगुवाको रोहवरमा फेरि गल्ती नदोहोर्‍याउने सर्तमा छाडिएको छ । हुप्सेकोट ०४ का वडा सदस्य रुक्मांगद भुर्तेल लगायत स्थानिय अगुवाको उपस्थितिमा घरेलु मदिरा नस्ट गरिएको स्थानिय युवा सुरज सापकोटाले बताए ।

प्रकाशित : २०७६ चैत १९ गते १९:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI