नेपाल तरुण दल नवलपुर द्वारा वृद्ध आश्रम सहित विपन्न परिवारलाई खाद्यान्न सहयोग हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते २०:२५
नेपाल तरुण दल नवलपुर द्वारा वृद्ध आश्रम सहित विपन्न परिवारलाई खाद्यान्न सहयोग हस्तान्तरण

नवलपुर । नेपाल तरुण दल नवलपुरले विपन्न वर्गका परिवार तथा वृद्ध आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल तरुण दल नवलपुरका अध्यक्ष सुर्य गुरुङ को नेतृत्वमा वुधवार कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिका क्षेत्रमा खाद्यान्न सहयोग गरिएको हो । कावासोती नगरपाकिाको वडा नं १३मा रहेको लक्ष्मीनारायण वृद्ध आश्रममा ३० किलो चामल, ८ किलो दाल र ४ पोका नुन ,कावसोती नगरपालिका वडा नम्वर १५ र १७ का ९/९ घरलाई लाई वडा अध्यक्षको रोहवरमा खाद्यान्न वितरण गरिएको तरुण दल जिल्ला अध्यक्ष सुर्य गुरुङले बताए ।

लक्ष्मी नारायण वृद्ध आश्रम पिठौली

यसै गरि मध्यविन्दु नगरपालिकामा ३ क्विन्टल ९० किलो चामल, ६० किलो दाल र ६० पोका नुन नगरपालिका प्रमुख चन्द्रबहादुर रानालाइ हस्तान्तरण गरिएको छ । त्यसैगरी मध्यविन्दु नगरपालिकाको वडा नम्वर २ मा रहेका असहाय ८ जनालाई वडा अध्यक्ष नारायाण प्रसाद पौडेलको रोहवरमा ६ किलो चामल, ३ किलो दाल र १ पोका नुन का दरले विरतण गरिएको छ ।

मध्यविन्दु नगर प्रमुखलाई राहत हस्तान्तरण गर्दै

खाद्यान्न वितरण कार्यमा नेपाली कांग्रेस नवलपुरका सल्लाहाकार महेन्द्र पोख्रेल , तरुणदल जिल्ला सभापति सुर्य गुरुङ जिल्ला उपाध्यक्ष मीन घले , जिल्ला सदस्य विष्णु लम्साल , तरुण दल क्षेत्रीय सभापति राजन सुवेदी , कावासोती १३ का वडा अध्यक्ष विनोद राना मगरसहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ चैत १९ गते २०:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI