लकडाउनमा फसेका पर्यटक र नेपालीलाई नि:शुल्क आवासको व्यवस्था गर्दै ओयो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते ६:१४
लकडाउनमा फसेका पर्यटक र नेपालीलाई नि:शुल्क आवासको व्यवस्था गर्दै ओयो

ओयो होटेल एण्ड होम्स नेपालले लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। सरकारले लिएको कदमहरुलाई समर्थन गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान ओयोले जनाएको छ। 

अप्रिल १ तारिखदेखि शुरु भएर चयन गरिएका ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्ने जनाएको छ।

लकडाउनमा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ ओयोले यो पहल विशेष रुपमा र केवल नेपालका लागि मात्र शुरु गरेको जनाएको छ।

होटेल मालिक र कर्मचारीहरुका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिने ओयोले जनाएको छ।

सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइरस फैलिनबाट रोकथाम गर्नका लागि स्वस्थ र सुरक्षित उपायहरु अनुसरण गर्न आदेश समेत दिएको छ। 

ओयोले आवासको आवश्यकतामा रहेकाहरुले थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न सक्ने जनाएको छ।  

प्रकाशित : २०७६ चैत २० गते ६:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI