No ads found for this position

डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैंयाँले घट्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते ६:१७
No ads found for this position
डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैंयाँले घट्यो
No ads found for this position

नेपाल आयल निगम लिमिटेडले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कोरोना भाइरस संक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

प्रकाशित : २०७६ चैत २० गते ६:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI