No ads found for this position

अमेरिकी राजदूत बेरीले दिए धन्यवाद

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते ६:३४
No ads found for this position
अमेरिकी राजदूत बेरीले दिए धन्यवाद
No ads found for this position

नेपालबाट अमेरिकी नागरिकको उद्धार गरी स्वदेश फर्काउन राम्रो पहल गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत -र्याण्डी बेरीले नेपाललाई धन्यवाद दिनुभएको छ।
नेपालमा रहेका ३०२ अमेरिकी नागरिकलाई मङ्गलबार अमेरिका पठाएलगत्तै उहाँले नेपाल सरकार लगायत विभिन्न निकायलाई धन्यवाद व्यक्त गर्नुभएको हो । “अमेरिकी नागरिकलाई फर्कने काममा सहयोग सद्भाव राख्नुहुने तपाईंहरू सबैलाई हाम्रो धेरै धेरै धन्यवाद,” उहाँले ट्विटर र भिडियो सन्देशमा भन्नुभएको छ।

आतिथ्य सत्कारको महìवपूर्ण उदाहरण नेपालले प्रस्तुत गरेको भन्दै उहाँले परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नागरिक उड्डयन प्राधिकरण लगायतको सराहना गर्नुभयो। अलपत्र परेका पर्यटकलाई खाना खुवाउने व्यवसायी,सहयोग गर्ने गाइड समेतको उहाँले प्रशंसा गर्नुभयो।

नेपाल र अमेरिकाको ७० वर्षे सम्बन्धको यात्रामा यसपटकको सहयोगले सहकार्यको जग झन् बलियो बनाएको अभिव्यक्ति राजदूत बेरीले भिडियो सन्देशमा दिनुभएको छ । अहिले घर फर्केर गए पनि पर्यटकका रूपमा पुनः नेपाल आउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

प्रकाशित : २०७६ चैत २० गते ६:३४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI